आज रक्षा बन्धन, सजियो बजार, लोभ्याउँदै राखी र मिठाई (फोटो फिचर)

शिवराज शाहू
नेपालगञ्ज । भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महा–पर्वलाई लिएर नेपालगंजको मुटु मानिने त्रिभुवन चौकदेखि त्रिवेणीमोडसम्म एवं शहर चोक चोकमा बजार पूर्ण रुपले सजेको देखिन्छ ।

बजारहरुमा बेच्न राखिएका राखीको सडकको बीचमा वा सडकको किनारमा राखी सजेको हेर्न सकिन्छ । साथै मिष्ठान भण्डारहरुमा मिठाई, अंदरसा र फिनीको सुगन्धले शहर नै मनमोहक भएको छ । बजारमा बिहानदेखि नैं राखीको खरिद–बिक्रि शुरु हुने गरेको छ ।

रक्षा बन्धन पर्वलाई मध्यनजर गरी प्रशासनले ठाउँ–ठाउँमा चेक जाँच मा कडाई गरेको देखिन्छ । पर्व लाई मध्येनजर गरी चोरहरुमाथि निगरानी बढाईएको देखिन्छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट निकै सुरक्षाकर्मीहरुलाई तैनाथ गरेको देखिन्छ र नागरिकहरुको सहजताको लागि त्रिभुवन चोकदेखि त्रिवेणीमोडसम्म चार पाङग्रे र तीन पाङग्रे गाडीलाई निषेध गरिएको छ ।बच्चाहरुको लागि कार्टून राखीहरु

बजारमा हरेक वर्ष, जस्तो यो वर्ष पनि बच्चहरुदेखि ठूलो उमेरको लागि राखिहरु दर्जनौं वैरायटीमा उपलब्ध छन् । बच्चाहरुलाई लोभ्याउँनलाई उनीहरुलाई मनपर्ने कार्टून एवं मन पर्ने सुपर हिरोहरुको राखीहरु बजारमा उपलब्ध देखिन्छ ।

पसलमा बच्चाहरुका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टून चित्रण राखि आएको छ । बजार मा रु. पचासदेखि दुई सय रुपैया वा सो भन्दा अधिक मूल्यसम्मका राखी उपलब्ध छन् ।

Previous articleजानकी २ बाल विवाह मुक्त वडा घोषणा
Next articleउमेर नै नपुगि बिवाह, डुडुवा ५ का ११ प्रतिशत किशोरी २० वर्षअघि नै आमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here