
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।
शनिबार प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) र वडा कार्यालयको संयुक्त समन्वय सहकार्यमा वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सम्पूर्ण मापदण्ड पूरा गरेर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको बताउनुभयो ।
जानकीमा स्याक नेपालले बाल विवाह रोकथाम परियोजनामार्फत बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।





