बाँकेमा साउनी कार्की हत्याकाण्ड : अभियुक्त सार्वजनिक

कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो ।

गत श्रावण २ गते कोहलपुर नगरपालिका ११ एकता नगरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ८२ वर्षिय साउनी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा सुतिरहेकी बृद्धा कार्कीको टाउकोमा धाराको हत्ताले प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कोहलपुर नगरपालिका १२ चप्परगौंडी रामजानकी टोलका ३४ वर्षीय सन्तोष कुमार थापा (चाईनिज) लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

चोरी गर्ने उद्धेश्यले रातीको समयमा कार्कीको घरमा पसेको र पहिचान खुल्ने डरले बृद्धा कार्कीको हत्या गरेर फरार भएको बयान दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

खनालले कार्कीको हत्यामा प्रयोग भएको धाराको हत्ता, रिन्ची र पोष्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान गर्दा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको उहाँले बताउनुभयो ।

Previous articleजापानले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुग्यो
Next articleफुल्टेक्रामा संचालित शिवमहापुराण पाठ प्रथम भाग एक महिनापछि समापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here