नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ फुल्टेक्रामा रहेको श्री शिव पार्वती मन्दिरमा शिवमहापुराण पाठ प्रथम भाग एक महिनापछि बिधिवत रुपमा हवन गरी सोमवार समापन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवरामवर्मा र निवृति शिक्षक युवराजवर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका श्री शिवपार्वती मन्दिरमा शिव महापुराण पाठको आयोजना गरिएको थियो ।
स्व. बाबुराम कुर्मीद्वारा बि.सं.२०१८ सालमा निर्मित मन्दिरमा नेपालगन्ज–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिव प्रसाद पाठक बिहान ९ बजे देखि ११ बजेसम्म शिवमहापुराण पाठ वाचन गर्दै आउनु भएका थियो । पाठ वाचन अवधी भरी जजमानको रुपमा लक्षमण भारती र पाठ वाचन सहयोगीको रुपमा कमल प्रसाद पाठक रहनुभएको थियो ।
श्रावण १० देखि भाद्र महिनाको ७ गतेसम्म सञ्चालित शिव महापुराण पाठ प्रत्येक दिन बिहान ९ देखि ११ बजेसम्म सञ्चालन भएको थियो । भाद्र ७ गते समापन कार्यक्रममा हवन गरेर प्रसाद बितरण गरिएको थियो ।
समाजसेवी माधवराम र निवृति शिक्षक (मन्शाराम) ले पाठ श्रवण गर्न आएका सम्पूर्ण श्रद्धालु भक्तजनहरुको लागी सेनीटाइजर र मास्कको व्यवस्था गर्नुभएको थियो । नेपालगन्ज–६ फुल्टेक्राका हरि बहादुर क्षेत्री करिब २४ वर्षदेखि श्री शिवपार्वती मन्दिरमा दैनिकी पूजा पाठ गर्दै आई रहनु भएको समापनमा हरिहर प्रसाद खनाल, प्रमोद शर्मा, भरत परसैला, शिक्षक ओम प्रकाश त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।