
नेपालगञ्ज । लागुऔषध ब्राउन सुगरसहित सोमबार बिहान नेपालगञ्जको बसपार्कबाट एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को बसपार्कबाट हुम्लाको नाम्खा गाउँपालिका वडा नं १ घर भएकी ३९ वर्षीया खण्डु तामाङलाई पक्राउ गरेको हो ।
महिलालाई प्रहरीले शंकास्पद देखिपछि चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउन सुगर र नाईट्राजेपाम १ हजार ५ सय १५ ट्याव्लेट फेला परेको बाँके प्रहरीले जनाएको छ ।
सोमबार बिहान साढे ११ बजेको समयमा उनलाई चेकजाँच गर्ने क्रममा महिलाले लगाएकी सुरुवालको दाँया तर्फको खल्तीमा सेतो प्लाष्टिकभित्र रहेको ब्राउनसुगर जस्तो देखिने धुलो तौल गर्दा ६ ग्राम, भिरेको भन्टा कलरको झोलाभित्र ५ वटा वट्टाभित्र रहेको लागु औषध नाईट्राजेपाम फेला परेको हो ।





