
नेपालगञ्ज । प्रहरीले नेपालगञ्जबाट भन्सार छलिको कपडा लगायतका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी टोलीले भाद्र ६ गते र र ७ गतेभित्र नेपालगञ्जको बिभिन्न भागबाट कपडा लगायतका सामान बरामद गरेको हो ।
खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१० स्नेहा होटल नजिक, जानकी गाउँपालिकाको साईगाउँ र वडा नं. २ बेलभारबाट भन्सार छलि तथा चोरी पैठारी गरी ल्याएको वेवारिसे लत्ता कपडा लगायतका अन्दाजि एक लाख पन्चानब्बे हजार रुपैया बराबरको सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको छ ।





