गाउँपालिकाकै छैन नाम र नागरिक वडापत्र

रमेशकुमार यादव,
साहपूर्वा । कुनै पनि सरकारी सेवा प्रदायक संस्थाबाट प्रदान हुने सेवाका बारेमा आम जनताले सहजै जानकारी पाउनुपर्ने हुन्छ ।

त्यसका लागि कार्यालयले कार्यालयमा आउने सेवाग्राहीले प्रष्ट रुपमा देखिने गरि सूचना बोर्ड वा नागरिक वडापत्र राख्नुपर्ने हुन्छ तर बाँकेको डुडुवा गाउँपालिकामा सो सूचनाबाट सर्वसाधरण बन्चित भएका छन् ।

नागरिक वडा पत्र नहुँदा सेवाग्राहीले सेवा लिनका लागि सहज र प्रष्टरुपमा के कति सेवा शुल्क तथा कागजात ल्याउनुपर्ने हो सो बारेमा स्पष्ट जानकारी पाउन सकेका छैनन ।

जनप्रतिनिधि निर्वाचित भएर आएको ४ वर्ष पूरा भएपनि गाउँपालिकाको कार्यालयको बोर्ड देखिन्न भने नागरिक वडापत्र समेत कहिँ कतै देखिन्दैन् ।

‘सेवाग्राहीलाई गाउँपालिका पठाउँदा कार्यालय कहाँ छ ? हामीले कसरी थाहा पाउने ? कार्यालयको बोर्ड पनि छैन भनेर गुनासो गर्ने गरेको डुडुवा गाउँपालिका वडा नं.–३ का वडा अध्यक्ष भण्डारीलाल यादव बताउनुभयो ।

डुडुवा–४ साहपूर्वामा गाउँपालिकाको अस्थायी कार्यालय छ । जहाँ गाउँपालिकाको कार्यालय हो भनेर थाहा पाउने कुनै संकेत र चिन्ह भेटिदैन ।

गाउँपालिकाको वेभसाइटमा भने गाउँपालिकाको कार्यालयमा बनकट्टीमा रहेको उल्लेख छ । कार्यालय बाहिर एउटा फलामे स्ट्यान्ड छ । यो वोर्डको स्ट्यान्ड हो कि सूचना बोर्ड छुट्टाउन सकिँदैन ।

गाउँँपालिका उपाध्यक्ष साहिदा बानोले कर्मचारीले ध्यान नदिएको बताउनुभयो । उहाँले यो काम र कर्तव्य कर्मचारीले पूरा गर्नुपर्ने भएको बताउनुभयो ।

Previous article४४ किलो गाँजासहित दुई जना पक्राउ
Next articleकोरोना ग्राफ बढ्दै, नेपालगञ्जको वाल मन्दिरमा ५० बेडको आईसोलेसन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here