४४ किलो गाँजासहित दुई जना पक्राउ

हेटौडा । प्रहरीले मकवानपुरबाट ४४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका-५ जयसिंहस्थित खोलाको किनारबाट शुक्रबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका २४ वर्षीय रामचन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लोले छन् ।

उनीहरू गाँजाको भारी बोकेर हिँडिरहेका थिए । प्रहरीले भारी खोलेर हेर्दा गाँजा फेला पारेपछि पक्राउ गरेको थियो ।

दुबैलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

Previous articleप्रादेशिक अस्पताल तुलसीपुरका सुपरीटेन्डेन्ट डा.सिंहलाई कालोमोसो
Next articleगाउँपालिकाकै छैन नाम र नागरिक वडापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here