अढाई वर्षीया बालिकाको दुर्घटनाप्रति उपमहानगरपालिका दुःखी, भ्रममा नपर्न आग्रह

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहि भदौं ७ गते नेपालगञ्जको सदरलाईन नजिकै मोटरसाईकलको ठक्करबाट अढाई वर्षिया बालिका अनाविया राईको निधन भएको खबरबाट अत्यन्त दुखित भएको जनाएको छ ।

नगर प्रबक्ता प्रमोद रिजालले शुक्रबार विज्ञप्ती जारी गरी घटनालाई गम्भिरतापूर्वक लिदैं दुर्घटनाका जिम्मेवार मोटरसाईकल चालकलाई पहिचान गरी पक्राउका लागि जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभएको छ ।

यस दुःखद घटनापछि घटनालाई अति रञ्जित गरि यस उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणा र उपमहानगरपालिकालाई जोडेर भईरहेका केही गतिविधिप्रति यस उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ ,– दुर्घटना गराउने मोटरसाईकलकका चालकको खोजी गर्ने क्रममा नजिकै रहेको सिसिटिभी बिग्रिएको विषयमा उपमहानगरपालिकालाई जोडेर बदनाम गर्ने र भ्रम छर्ने प्रयास गरिएको छ ।

नेपालगञ्जको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपालगञ्ज, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्थाहरुको अनुरोधका आधारमा उपमहानगरपालिकाले सिसिटिभी जडानका लागि सहयोग गरेको भएपनि यसको सञ्चालन र ब्यवस्थापनका लागि छुट्टै समिति क्रियाशिल रहेको जनाइएको छ ।

नगरभित्र जडान भएका र बिग्रिएका सम्पूर्ण सिसिटिभी मर्मत सम्भार गरी सञ्चालनका लागि यस कार्यालयबाट बारम्बार समन्वय भईरहेको भन्दै रिजालले तसर्थ घटनालाई अति रञ्जित नगरी बास्तविकता बुभ्mन अनुरोध गर्दै आम जन समुदायमा कुनैपनि खालको भ्रममा नपर्न हार्दिक अनुरोध गर्नुभएको छ ।

Previous articleकोरोना ग्राफ बढ्दै, नेपालगञ्जको वाल मन्दिरमा ५० बेडको आईसोलेसन सुरु
Next articleकर्मचारी संगठनको गाउँपालिकास्तरीय कमिटी गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here