कर्मचारी संगठनको गाउँपालिकास्तरीय कमिटी गठन

खजुरा । नेपाल निजामती कर्मचारी संगठन, बाँकेले मुलुकको संघीय संरचना अनुसार आफ्नो कमिटीलाई स्थानीय तहमा विस्तार गरेको छ ।

शुक्रबार बाँकेको खजुरा गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुको एक वृहत् भेलाबाट गिरिधारी पौडेलको अध्यक्षतामा १५ सदस्यीय नेपाल निजामती कर्मचारी संगठन, खजुरा गाउँपालिका स्तरीय कमिटी गठन भएको हो ।

गाउँपालिका स्तरीय सो कमिटीको उपाध्यक्षमा मंजु शर्मा र सचिवमा निर्मल रेग्मी चयन हुनुभएको छ, भने सहसचिवमा दिपक ढकाल र कोषाध्यक्षमा भक्त बहादुर रावत चयन भएको संगठनका जिल्ला सचिव देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

यस्तै सदस्यहरुमा सुशिला न्यौपाने, संदेश थापा मगर, दिपा गौतम, आशा सेटि, भिमसेन खड्का, रन्जना घर्ति, विवेक कुमार सिंह, दान बहादुर थापा, पुनम पोख्रेल र बुद्धि थापा सर्वसम्मत चयन हुनुभएको हो ।

भेलाले खगेन्द्र बहादुर मल्ल, दिल बहादुर पौडेल, प्रकाश गौतम, सुदिप पौडेल र प्रकाश कडायतलाई सल्लाकारमा चयन गरेको छ । त्यस्तै गाउँपालिका अन्तर्गत विभिन्न शाखामा कार्यरत करिव दुई दर्जन बढीलाइ संगठनको नयाँ सदस्यता प्रदान गरिएको चौलागाईंले जानकारी दिनुभयो ।

संगठनका जिल्ला अध्यक्ष अग्नि प्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त भेलामा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँकेका अध्यक्ष चिरन्जीवी पाण्डे, ट्रेड युनियनका निवर्तमान अध्यक्ष एवं संगठनका सल्लाहकार कृष्ण कुमार थापा, नेपाल निजामती कर्मचारी संगठन, बाँकेका सचिव चौलागाईं, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लागायतको उपस्थिति रहेको थियो ।

मुलुकको संघीय संरचना अनुसार संगठनलाई पनि सोहि अनुसार विस्तार गर्ने र बाँकेका सबै स्थानीय तहमा क्रमशः संगठनको पालिका स्तरीय कमिटी गठन गर्ने योजना रहेको संगठनले जनाएको छ ।

Previous articleअढाई वर्षीया बालिकाको दुर्घटनाप्रति उपमहानगरपालिका दुःखी, भ्रममा नपर्न आग्रह
Next articleप्रत्याभूत संचार कार्यक्रमले समुदायका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here