भुरीगाउँमा रक्तादन, ६२ जना सहभागि

भुरीगाउँ । रक्तदान जीवनदान मूल नाराका साथ बर्दिया जिल्लाको भुरी गाउँमा रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा भाद्र १२ गते शनिवार आयोजित रक्तदान कार्यक्रममा रक्तदान महिला पुरुष गरी ६२ जनाले एकदम उत्साहपूर्वक रक्तदान गर्नुभएको छ । सो रक्तदान कार्यक्रममा व्यापारी, समाजसेवी, युवा, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकर्ता लगायत १५ जना महिलासहित ६२ जनाले रक्तदान गर्नुभएको छ ।

रक्तदान कार्यक्रममा उमा मल्ल, जानुका पाण्डे, लोकनाथ शर्मा, चक्रपाणि आचार्य, धन बहादुर थारु, राम चन्द्र थारु, हेमा चौधरी, मन माया चौधरी, सुमतरानी चौधरी, प्रकाश चौधरी, राजेश बुढा, नेत्रराज आचार्य, अनिल चौधरी, दिनेश चौधरी, निर्मला खत्री, धना कुमारी खत्री, गोबिन्दराज जोशी, सुरेन्द्र धामी, डबल बिक, रमेश थारु, भिम प्रसाद ढकाल, राकेश थारु, गोपाल निरौला, प्रकाश न्यौपाने, हेमराज अधिकारी, निशान अधिकारी, जीत बहादुर श्रेष्ठ, ललिता शाही , गोमा कुमारी सुनार, पतिराम थारु, पूजा शर्मा, निर्मला चौधरी, बीर बहादुर थारु, प्रेमराज ढुंगाना, हरिराम थारु, मस्तराम थारु, दिनेश थापा, डोलराज जिएम, रञ्जित थारु, बसन्त थारु, चक्र बहादुर बडुवाल, पवन जायसवाल, श्रीराम थारु, श्रीराम चौधरी, सालिकराम थारु, जीत बहादुर परियार, शोभा थारु, हेम प्रसाद उपाध्याय, भोज बहादुर सेवा, तेज बहादुर नेपाली, बिमल कुमार खत्री, कालुराम थारु, शान्ता परियार, सिर्जना परियार, राम बहादुर दहित, प्रमोद कुमार थापा, राधिका चौधरी, निमराज खनाल, प्रमोद जोशी, श्याम चौधरी लगायतले रक्तदान गर्नु भएको थियो ।

बि.सं. २०५२ सालमा स्थापित बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय ठाकुबाबा नगरपालिका वार्ड नं.– ८ मढेलामा रहेको छ भने सेवा केन्द्र ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ भुरीगाउँमा रहेको छ । सो सहकारीले ६३ जनालाई रोजगारी समेत दिएको छ । सहकारीको सञ्चालक समितिका सदस्य पे्रम प्रसाद लम्सालद्वारा सञ्चालित रक्तदान कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा, लिलाराम खनाल, सहकारीका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडा कार्यालयको परिसर अगाडी बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा गरिएको रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष चित्र बहादुर खनालले रगत संकलन गर्ने पाकेट प्राविधिक राजेन्द्र महतरालाई हस्तान्तरण गरी बिधिवत रुपले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो सो कार्यक्रममा अध्यक्ष चित्र बहादुर खनालले भन्नु भयो कि म अध्यक्ष भएको पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गर्नु एकदम राम्रो हो ।

अब वर्षमा ४ पटक रक्तदान कार्यक्रमको आयोजना गरिने र आउने दिनमा हामी तयारीका साथ अगाडी बढ्नेछौं सबैको सहयोग रहेयो भने यो भन्दा डवल संख्या पु¥याउने बताउनु भयो । सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका सुनिल थापा मगर, महेश राना क्षेत्री, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी र रक्त संचार सेवा ईकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, सुनिल रत्गैया, पवन जायसवाल लगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Previous articleमानव अधिकारका सवालमा वकालत गर्ने : नागरिक समाज संस्थाका प्रतिनिधी
Next articleप्रहरी र युवाद्धारा बेतहनी क्षेत्रमा पहिलो पटक सरसफाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here