मानव अधिकारका सवालमा वकालत गर्ने : नागरिक समाज संस्थाका प्रतिनिधी

नेपालगन्ज । बाँके र बर्दिया जिल्लाका नागरिक समाज संस्थाका प्रतिनिधीलाई मानव अधिकारका विषयमा दुई दिने तालिम दिइएको छ । मानव अधिकार प्रतिबेदन निमार्ण संयन्त्रमा नागरिक समाज संस्थाको भुमिकाकालाई प्रभावकारी बनाउनका लागि तालिम प्रदान गरिएको हो ।

पारपरिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित तालिममा मानवअधिकारसंग सम्बन्धित विषयबस्तुहरुका बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिममा मानव अधिकार, मानव अधिकार राष्टिय कार्ययोजना निमार्ण, नागरिक समाजको भुमिका, मानव अधिकारमा तथ्यांकको प्रक्रिया र महत्व, मानव अधिकार अन्र्तराष्टिय तथा राष्टिय महासन्धी, विश्वव्यापी आवधिक प्रतिबेदन मानव अधिकार संरक्षणका राष्टिय संयन्त्र, मानवअधिकार सुरक्षा, अनुगमन लगायतका विषयमा अधिबक्ता विश्वजित तिवारी र अधिकारकर्मी प्रकाश उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा बाँके र बर्दियाका नागरिक समाज संस्थाका यौनिक तथा लैगिंक अल्पसंख्यक, फरक क्षमता भएका, दलित, मधेशी तथा मुस्लिम, महिला, युवा, मानवअधिकार संरक्षण समिति बढैयातालका पदाधिकारीसहित प्रमुख तथा प्रतिनिधी गरि २३ जनाको सहभागिता रहेका संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले बताउनुभयो । तालिम पश्चात सहभागीहरुले आ आफनो क्षेत्रमा मानव अधिकारका सवालमा वकालत गर्ने प्रतिबद्धता गरेका छन ।

Previous articleबाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको मृत्यु
Next articleभुरीगाउँमा रक्तादन, ६२ जना सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here