डिजाईनमा लोकप्रिय बन्दै सिल्क फेसन बुटिक

सिल्क फेशन बुटिकले डिजाइन गरेको सारिमा सजिएका नारी

करुणा शाह
नेपालगञ्ज । हिन्दु नारीको माहान पर्व हरितालिका तिज आउन केही दिन मात्र बाकी छ । तर केही दिन अगाडीबाट नै चारैतिर तिजको गिज गुन्जि रहँदा तिज अझै नजिक आएको महसुस हुने गर्दछ ।

कामकाजी दिदी बहिनीलाई एक आपसमा भेटघाट गराउने र तिजको बिशेष परिकार दर खाने माहोल हरितालिका तिजले अवसर जुटाउँछ ।

तिजमा नारीहरु सोह्र श्रीङगारमा सजिने गर्दछ्न । रातो चुरा, पहेलो पोतेमा सानाे तिलहरी, हरियो छ्डके तिलहरी साथामा प्राय सबै गहना, सिन्दुरी रङको सिन्दुर, रातो रङको सारी लगाइन्छ ।

रातो रङ सुहागको रङ हो । पहिला पहिला तिजको दर भोलिपल्ट तिजको व्रत छ भने आज मध्यरातीमा मिठो परिकार सहितको दर आफन्त सङ खाइन्थियो भने आजभोलि केही समय यता १५/२० दिन अघिबाट तिजको दर शुरु भइसकेको देखिन्छ ।

तिजमा सोह्र श्रीङगारमा नारीहरु निकै सुन्दरी र आकर्षक देखिन्छ्न । यस्तै तिज नजिकिपछि शुरु भएको चहलपहलसंगै दर खाने क्रम पनि शुरु भएको छ भने दर खाने कार्यक्रमका लागि नयाँ नयाँ डिजाईनहरु तयार हुन थालेको छ । यही क्रममा नेपालगञ्जस्थित सिल्क फेसन बुटिकले दिदी बैहिनीलाई आफैले डिजाइन गरेको सारीमा आकर्षक देखाउन सफल भएको छ।न्युरोड नेपालगन्जमा अवस्थित यो क्षेत्रकै चर्चित बुटिक (सिल्क फेसन बुटिक)ले । ४० जना दिदी बहिनीको सहभागीता दर कार्यक्रमको आयोजना गरी बुटिकले सबैलाई रातो सारीमा साइनिङ बडर र खुल्ला गला बलाउजमा फुर्का बान्ने बनाएको र मास्क पनि रातो नै बनाएको डिजानर एबम सिल्क फेसन बुटिककी प्रोप्राईटर साधना खडकाले बताउनुभयो ।

बुटिक स्थापना भएसंगैका नियमित ग्राहक प्रभा शाह, सन्जु खडका, रुपाली धामीले पहिला पहिला अरु बुटिकको कपडा खरिद गरी लगाउने गरिएको भएपनि सिल्क जस्तो डिजाइन, कलर कम्बिनेशन, रिजनेबल प्राइजसहित उत्कृष्ट रहेको देखिएकोले आकर्षित भएको प्रतिक्रिया दिनुभयो ।

बुटिकले दाङ, सुर्खेत, धनगढी, काठामान्डौ, बर्दिया, देल्ली र देश बाहिर अमेरिका, जापान पनि आफ्नो डिजाइनको ब्राइडल लेहङा, सारी, पास्नी सेट, ग्रुप सारी सेट सबै पठाउने गरेको जनाएको छ ।

दर कार्यक्रम एकदमै रमाइलो तरिकाले समपन्न भएको सहभागि साधना खडकाले बताउनु भयो । बुटिकले हरेक बर्ष आफ्ना आफ्न्त, ग्राहकलाई दर कार्यक्रम गर्दै आइरहेको छ । बुटिकले यसपाली तयार गरेकाे सारी सबैले मन पराएका कारण भाईरल सारीकाे उपनाम पाएकाे छ ।

Previous articleपत्रकार र प्रहरीको नाममा असुली गर्ने दुई जना पक्राउ
Next articleयुवा सहभागिता सम्बन्धी कार्यविधी-२०७८ बारे अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here