युवा सहभागिता सम्बन्धी कार्यविधी-२०७८ बारे अन्तरक्रिया

नेपालगञ्ज । स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधी २०७८ का बारेमा जिल्लाका सरोकारवालासंग छलफल गरिएको छ । आइतबार भर्चुअल अन्तरक्रियामार्फत कार्यबिधीबारे बाँकेका सरोकारवालासंग छलफल गरिएको हो ।

अन्तरक्रियामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले कार्यबिधिले स्थानीय तहमा योजना तर्जुमा, कार्यान्वयन र सहभागितामा जोड दिएको बताउनुभयो । उहाँले युवाहरुका लागि निर्माण गरिएको कार्यबिधिले धेरै सहयोग पुग्ने बताउनुभयो ।

कार्यबिधिकै कुरालाई जोड्दै उपप्रमुख थापाले यसका अलावा नेपालगञ्ज उपमहानगरपालिकाले युवाहरुलाई संस्थागत गर्नुपर्ने र अधिकार दिलाउने बिषयमा छलफल चलाईरहेको बताउनुभयो । उहाँले युवाहरुको सहभागिताले समाजको बिकासमा थप सहयोग पुग्ने भएकाले अर्थपुर्ण सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।कतिपय अवस्थामा युवाहरुको बिकास र अधिकारका कुरा गर्दा अधिको सदुपयोग गर्ने र दुरुपयोग कत्तिको भएको छ, उपप्रमुख थापाले भन्नुभयो, त्यो बिषयमा पनि ध्यान दिनुपर्छ र उक्त बिषयमानागरिक समाजले भूमिका निर्वाह गर्न आवश्यक पनि छ ।

युवाहरुलाई क्षमतावान बनाउने, उनीहरुलाई लगाडी बढाउने जस्ता कार्यमा उपमहानगरपालिका सहयोग गर्न तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानिय तहमा स्थानिय तहको योजना निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उदेश्यले स्थानिय तहको आवश्यकता र प्राथमिकताको अधारमा युवासंगको सहकार्यमा व्यस्थित र प्रभावकारी बनाउन स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधी २०७८ स्वीकृत गरेको छ ।

अन्तरक्रियामा राष्ट्रिय युवा परिषदका प्रशासन प्रमुख डा.बाबुराम ढुङ्गनाले कार्यबिधीका बारेमा स्पष्ट पार्दै प्रत्येक चरणमा युवा सहभागिता हुनुपर्ने, स्थानीय तहले युवालाई चिन्नुपर्ने र भावना बुझेर कार्यक्रमहरु समेत ल्याउनुपर्नेमा जोड दिनुभयो ।तयार गरिएको कार्यबिधिमा ६ वटा परिच्छेद, २६ वटा दफा र ३ वटा अनुसूचि अनुसार प्रारम्भिक, युवाको अवस्था पहिचान र सहकार्य सम्बन्धी व्यवस्था, योजना प्रक्रियामा युवाको सहभागितासम्बन्धी व्यवस्था, युवा समन्वय समिति सम्बधी व्यवस्था, समन्वय तथा सहकार्य सम्बन्धी व्यवस्था र बिबिध रहेको छ । तयार गरिएको कार्यबिधि स्थानीय तहले पास गरेपछि कार्यान्वयन हुनेछ ।

नेपाल युवा संस्था संजाल (आयोन) काठमाण्डौंको आयोजनामा आई एफ इ एसको सहयोगमा संचालित सुशासनका लागि युवा परियोजना अन्र्तगत गरिएको छलफलमा ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई (आयोन) का उपाध्यक्ष अशोक खनालले सहजिकरण गर्नुभएको नेपाल युवा संस्था संजाल बाँकेका फोकल र्पसन राजन बर्मा दिनुभयो ।

Previous articleडिजाईनमा लोकप्रिय बन्दै सिल्क फेसन बुटिक
Next articleमानव बेचबिखन बिरुद्ध बर्दियाका सरोकारवालासंग अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here