मानव बेचबिखन बिरुद्ध बर्दियाका सरोकारवालासंग अन्तरक्रिया

गुलरिया । मानब बेचबिखन बिरुद्ध बर्दियाका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ । आइतबार गुलरियामा आयोजित अन्तरक्रियामा सहभागिहरुले मानब बेचबिखनका घट्ना रोकथाम तथा न्युनिकरण गर्नका लागि सबै लाग्ने सबैले प्रतिबद्धता जनाएका छन् ।

बर्दिया जिल्ला मानब बेचबिखन को केन्द्र मानिन्छ । बेचबिखनको उच्च जोखिममा रहेको तथा नेपालका हिमाली र पहाडी जिल्लाहरुबाट जिल्लाको सिमा प्रयोग गर्दै थुप्रै महिला बालबालिकाहरु बेचबिखनमा पर्ने गरेका घट्नाहरु बिगतका घट्नाहरुले देखाएको छन् ।

स्थानीय स्तरमा महिला बालबालिकाहरुको उपस्थितीमा निगरानी समुहहरु समेत निर्माण गरि रोकथामका निम्ति कार्य गर्दै आएको र आगामी दिनहरुमा कार्य गर्दै जाने, मानब बेचबिखन बिरुद्ध चेतना अभिबृद्धि गर्न सम्बन्धित सरोकारवालाहरुले आआफ्नो स्थानबाट प्रभावकारी रुपमा भुमिका खेल्नु पर्ने कुरामा सहभागि सबैले जोड समेत दिएका छन् ।

अन्तरक्रियालाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख शुशीला गिरीले बर्दियाको गुलरिया नगरपालिकाका १२ वटै वडाहरु भारतिय सिमासँग जोडिएकाले मानव बेचबिखन बिरुद्ध सबै सरोकारवालाहरु एक अर्कासंग हातेमालो सक्रिय भइराख्नुपर्ने बताउनुभयो ।यस्तै सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले बर्दिया जिल्लाका अधिकांश नागरिकहरु बैदेशिक रोजगारीका लागि जाने गरेको र यस्ता घट्नाको सिकार समेत हुने गरेको पाइएको र यो सबै अशिक्षा, गरिबी, चेतनाको कमी लगायतका कारणले मानब बेचबिखनमा पर्ने गरेको धारणा राख्नुभयो ।

उहाँले यो समस्या देशव्यापी भएको र बर्दियामा पनि ब्यापक रहेको भन्दै पहुँच नपुगेका कारण धेरै समस्या बाहिर नआएको कुरा समेत उल्लेख गर्नुभयो । स्थानीय सरकारले स्थानीय स्तरमा नै रोजगारी सिर्जना गरी बेरोजगार महिलाहरु र पुरुषहरुलाई आयआर्जनका लागि सिपमुलक तालिममा संलग्न गराउन आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले यसको रोकथामका लागि जिल्ला प्रसासन कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष्य यादब आचार्य, बर्दिया जिल्ला अदालत बार एसोसियनका अध्यक्षय काशीराम चौधरी, गै स.स.महासंघका अध्यक्ष बिष्णु तिमल्सिना, सरकारी कार्यालयका जिल्ला न्यायाधिवक्ता खडक बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले सहजीकरण गर्नुभएको थियो ।

Previous articleयुवा सहभागिता सम्बन्धी कार्यविधी-२०७८ बारे अन्तरक्रिया
Next articleआज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here