बलपूर्वक बेपत्ता पारिएका नागरिकको सम्झनामा रक्तदान

नेपालगञ्ज । बेपत्ता पारिएको व्यक्तिहरुको सम्झनामा नेपालगञ्जमा २२ जनाले रक्तदान गरेका छन् ।

बलपूर्वक बेपत्ता पारिएका पिडितहरुको ११ औं अन्तर्राष्ट्रिय दिवस २०२१ को शन्दर्भमा बिभिन्न संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ४ जना महिला गरी २२ जनाले रक्तदान गरेका हुन ।

भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रमा भएको कार्यक्रममा सहभागि हुन आएका करिब १२ जना रक्तदाताहरु फिर्ता भएका थिए । उनीहरुमा प्रेसर बढि, हालसालै कोभिडको खोप लगाएका कारण रक्तदान गर्न नमिल्ने भएपछि उनीहरु फिर्ता भएका हुन ।

बेपत्ता सम्बन्धीको अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन, बेपक्ता पारिएको स्थिति सार्वजनिकरण, कानूनमा संसोधन, सत्य, न्याय र आत्म सम्मान सहितको परिपूरणमा हाम्रो ऐक्वबद्धता भन्ने मुरा नाराका साथ नेपालगञ्जमा दिप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

देशमा उत्पन्न भएको द्धन्द्ध समाप्त भएको भएपनि त्यतिबेला बेपत्ता भएका नागरिकहरुको अवस्था अझै अज्ञात छ । बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक आफुरुहरुले पटक पटक माग गर्दै आएपनि आफ्ना परिवार अझैसम्म अज्ञात रहेको सम्झनामा बिभिन्न कार्यक्रम गरिएको द्धन्द्ध पिडित महिला राष्ट्रिय सन्जाल, लुम्बिनी प्रदेशका संयोजक चन्द्रकला उप्रेतीले जानकारी दिनुभयो ।

Previous articleदार्चुलाको तुइन घटनामा एसएसबीको संलग्नता पुष्टि : छानबिन समिति
Next articleस्मार्ट-लकडाउन : जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here