
काठमाडौँ / नेपाल युनाइट्स र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा ५९ औँ नेपाल रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।
नेपाली फिल्म निर्देशक यादव कुमार भट्टराईले रक्तदान गरी रक्तदान कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने र रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएका आयोजक संस्था नेपाल युनाइट्सका राष्ट्रिय निर्देशक मोहम्मद आयतुल्ला रहमानले बताउनुभयो ।
रगत अभाव हुदा रगत कहि पनि नपाईने र रगत मानव शरीरमा नै निमार्ण हुने हुदाँ रक्तदान गर्न एकदमै आवश्यक रहेको यादव कुमार भट्टराईले वताउउनुभयाे ।
रगतको अभावले अकालमै ज्यान गुमाउनबाट बचाउनको लागी रगत नभई नहुने हुन्छ त्यस्कारण आफुले गरेका रक्तदानले कसैको ज्यान जोगीन्छ भने त्यो महान पुण्य कार्य भएको रक्त सन्चार केन्द्रका निर्देशक दिब्यराज पौडेलले सबैलाई रक्तदान गर्न अनुरोध समेत गर्नुभयो ।
साथै त्यस कारण रक्तदान गर्दा कुनै पनि शरिरलाई असर र कमजोरी नहुन बताउनुुभयो । सो रक्तदान कार्यक्रममा १३ पिण्ट रगत संकलन भएको आयोजकले बताएको छ ।
रक्तदान गर्नेहरुमा अन्जना सिलवाल, अनिल लामा, यादव कुमार भट्टराई, बशन्त कुमार श्रेष्ठ, कपिल कार्की, सुदिप देवकोटा, जानुका न्यौपाने, दिपक शर्मा, मनिष कर्माचार्य, धन बाबु देउला, माधव प्रसाद गुनी, उमेश प्रसाद ढुङ्गाना र प्रल्हाद फुयाल रहेका थिए । सो कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।





