
बारबर्दिया । श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालय, बारबर्दिया नगरपालीका वडा नं ३ बेलुवाबज्यामा भवन शिलन्यास गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बारबर्दिया नगरपालीकाको साझेदारिमा श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालय, बारबर्दिया नगरपालीका वडा नं ३ बेलुवाबज्जामा Safe & Inclusive School towards Enhanced Resilience (SISTER) Project अन्तरगत दुइ तले ६ कोठे पक्की भवन तथा वाल मैत्री तथा लैगिंक मैत्री शौचालय निर्माणको एक कार्यक्रमकाबीच शिलन्यास गरिएको हो ।
बारबर्दिया नगरपालीकाका नगर प्रमुख एवम उपप्रमुखको संयुक्त उपस्थितीमा शिलन्यास गरिएको छ । शिलन्यास कार्यक्रममा सस्थाले यस बिधालय स्तरको शैक्षिक गुणस्तर वृद्धिका लागी प्लान इन्टरनेशनल नेपाल र बारबर्दिया नगरपालीकाको साझेदारिमा यस परियोजना संचालन भएको र यसको निर्माण कार्यको गुणस्तरिय कामका लागी परियोजनाका कर्मचारिहरुको संलग्नता र अनुगमन रहनुका साथै बिधालयका सरोकारवालाहरुको सहयोग रहने अपेक्षा गरिएको छ ।
साथै निमार्ण हुन गइरहेको दुइ तले ६ कोठे पक्की भवन तथा वाल मैत्री तथा लैगिंक मैत्री शौचालय प्लान इन्टरनेशनल नेपाल /स्याक नेपाल बाँकेबाटको रकमः रु ८६,१९,४२८.९४/– बारबर्दिया नगरपालीकाको तर्फदेखिको रकम रु ९,०००००/– निर्माणको कुल लागत रु ९५,१९,४२८.९४/– रहेको छ ।
र बिगत देखि नगरपालीकाको समन्वयमा बिभिन्न परियोजना मार्फत काम गरिरहेको र नगरपालीकाको समन्वय सहकार्यबाट स्याक अगाडी बढेकाले बताउदै स्याक नेपाल बाँके यस परियोजना अन्तरगत यसका अन्य कृयाकलापहरु प्रारम्भिक कक्षामा मोडेल क्लासरूम सिर्जना गर्न सहयोग, क्क्ष्ए निर्माण तालिम, पुस्तक कुना निर्माण गर्न, बहिरी खेल सामाग्री निर्माण, फुलबारी निर्माण १,०७,३७,८९८ अक्षररुपी एक करोड सात लाख सैतिस हजार आठ सय अन्ठानब्बे रुपीया मात्र । बराबरको परियोजना अन्तरगत कार्यक्रम संचालन हुने र यस परियोजनाको कार्य प्रारम्भ हुने मिती १ अगष्ट २०२१,कार्य सम्पन्न हुने मिती १५ जुन २०२२ रहने जानकारी सस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
स्वागत तथा शिलन्यास कार्यक्रमको समापन गदै बारबर्दिया नगरपालीका नगरप्रमुख दुर्गा बहादुर थारु कबिरले बारबर्दिया नगरपालीकाको सम्रग शैक्षिक बिकास तथा नमुना बिधालयहरु बनाउनका लागी बारबर्दिया नगरपालीकाले बिभिन्न तह र तप्का संग समन्वय सहकार्य गरिरहेको र यस बिधालयमा निर्माण हुने भवन को गुणस्तर र यसको प्रभावकारीतामा सबै पक्षको बिषेश ध्यान जाने छ ।
बिगत बर्षदेखि प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी यस नगरपालीका संगको समन्वयमा काम गरिरहेको र यस बिधालयमा निर्माण हुने भौतिक पुर्वाधार शिक्षाको बिकासको कडीको रुपमा रहने र अन्य निर्माण का काम पुन साझेदारिमा स्याक नेपाल बाँकेको पहल रहने छ ।
यस कार्यका लागी प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलाइ बिषेश धन्यबाद दिनुभयो । उक्त शिलन्यास कार्यक्रममा बारबर्दिया नगरपालीकाका नगर प्रमुख दुर्गा बहादुर थारु कबिर, उपप्रमुख अन्जु दहित, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइ,बिधालय ब्यबस्थापन समितीका पदाधिकारी,शिक्षक अभिभावक संधका पदाधिकारी, शिक्षकहरुको, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे ,परियोजना कर्मचारिहरको सहभागीता रहको थियो ।
कार्यक्रमका कोरोना संक्रमण हुन नदिनका लागी माक्स,सेनिटाइजर, अनिवार्य गरिएको र निर्माण स्थलमा कामदारहरुका लागी हेलमेट, बुट, पन्जा, ज्याकेट, आदीको ब्यबस्थापन गरिएको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनु भयो ।





