सहिद स्मारक कम्दीमा पहिलो पटक बिज्ञान प्रयोगशाला निर्माण

रमेशकुमार यादव
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ स्थित सहिद स्मारक माध्यमिक बिद्यालय कम्दी पहिलो पटक बिज्ञान प्रयोगशाला निर्माण गरिएको छ।

बिद्यालयको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाको अनुदान रकमबाट बिज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।

पाँच लाख बराबरको प्रयोगशाला साम्रागी र आठ वटा टेबुल, ३१ वटा कुर्सीको एक लाख पचास हजारसहित छ लाख पचास हजार बराबरको प्रयोगशाला निर्माण भएको प्रधानाध्यापक राम बहादुर ओलीले जानकारी दिनुभयो ।

कोभिड १९ को कारण बिधालय बन्द रहेकोले बिधालय खुल्ने समयदेखि नै प्रयोगशाला प्रयोग ल्याईने उहाँले बताउनुभयो । सहिद स्मारक माबि डुडुवा गाउँपालिकौ पुरानो बिद्यालय मध्येको एक हो ।

कम्दी मिलन चोक नजिकै रहेको यस बिद्यालयमा अझै थुप्रै कुराको व्यवस्थापन गरेर यस क्षेत्रको शैक्षिक बिकास गर्न सकिन्छ ।

Previous articleएकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट
Next articleवीपी कोइरालाको १०८औं जन्मजयन्ती मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here