एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट

काठमाडौ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

एमाले सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । सांसद पाण्डेले आफूहरूले निर्वाचन आयोगमा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनु परेको भन्दै रिट दिएको बताउनुभयो ।

एमाले विभाजन भएर गत भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएको थियो । नयाँ दलका लागि सनाखत गर्न गएका सांसदहरू पाण्डे र भट्टले सनाखत गर्न पाएका थिएनन् ।

नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा उनीहरूको नाम नभएकाले आयोगले उनीहरूलाई सनाखत गर्न नदिएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments