बाँकेको राप्तीसोनारीमा दुई दिन सार्वजनिक बिदा

नेपालगञ्ज । थारु समुदायको पर्व अतवारीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाको भाद्र २५ गतेको निर्णय अनुसार पर्वको अवसरमा भाद्र २७ र २८ गते दुई दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाको कार्यालय, बिषयगत कार्यालय शाखा, उपशाखा र वडा कार्यालयहरु बन्द रहने जनाएको छ ।

जिल्लाको यो पालिका थारु जातिको व्यक्तिहरुको बाहुल्यता रहेको पालिका मानिन्छ ।

Previous articleशिक्षकको उपचारका लागि छुट्टै अस्पताल स्थापना हुने
Next articleबर्दियाका सात पालिकामा प्रत्याभूत बालबालिकालाई शैक्षिक सामाग्री बितरण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here