
गुलरिया । प्रत्याभूत बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण शुरु गरिएको छ । प्लान इनटरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) प्रत्याभूत बालबालिकाहरुलाई उपहार स्वरुप शैक्षिक सहयोग स्वरुप स्कुल किड बितरण सुरु गरिएको हो ।
स्याकद्धारा संचालित प्रत्याभूत संचार परियोजना अन्तर्गत बालबालिकाहरुलाई उक्त शैक्षिक सामाग्री बितरण गर्न लागिएको छ । बालबालिकाहरुलाई उमेर अनुसारको सामाग्री प्राप्त प्रदान गरिएको छ ।
५ बर्षसम्मको बालबालिकाहरुलाई एक एक थान बल्याङ्केट, ६ बर्षदेखि १२ बर्षसम्मको बालबालिकाहरुलाई एक थान झोला, दुई पीस डटपेन, दुई पीस नोट बुक, २ पीस सिसा कलम र दुई पीस कपी प्रदान गरिएको छ भने १३ र १४ बर्षको बालबालिकाहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन किट झोला १ थान, सावुन-३ पीस नड्ढकट-१ थान, टावेल-१ थान माक्स-३ थान, सेनेटरी प्याट-१ प्याकेट र प्याट बनाउने कटनको कपडा-३ पीस, डाइरी-१ पीस, भित्री बस्त्र-३ पीस, कपी-३ पीस र डरपेन-३ पीस रहेको छ ।
यस्तै १५ देखि १८ बर्ष सम्मको बालबालिकाहरुलाई झोला-१ थन, डटपेन-६ पीस नोट बुक-४ पीस र नोट कपी-४ पीस, ज्यामीती बक्स-१ पीस प्रदान गरिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका ३ सय जना प्रत्याभूत बालबालिकाले शैक्षिक सामाग्री बुझिसकेका छन, भने बाके र बर्दियाका जम्मा ८ हजार ५ सय ५ जना प्रत्याभूत बालबालिकाहरुलाई सामाग्री बितरण गरिने परियोजनाका सिनियर कार्यक्रम संयोजक शेषकान्त शर्माले जानकारी दिनुभयो ।
उक्त सामाग्री पालीका तथा वडाकार्यालयको समन्वय तथा सहकार्यमा बितरण गर्न सुरु गरिएको छ । बितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं ५ का बडा अध्यक्ष गंगाराम जैसीले प्रदान गरिएको सामाग्री प्रयाप्त तथा कसैको जिवन नै परिवर्तन गर्ने नभएता पनि आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुका लागि निरन्तर बिद्यालय जान प्रोत्साहन हुने बताउनुभयो । उहाँले बालबालिकामा पढाईप्रति रुचि बडाउन ठुलो भुमिका खेल्लने बताउनुभएको छ ।
स्याक नेपाल र प्लान नेपालले जसरी बालबालिकाहरुको हेरचाह उनीहरुको संरक्षण जसरी गर्छ, त्यसरीनै अभिभावकले पनि गनुपर्ने वडा अध्यक्ष जैसीले भन्नुभयो । धेरै बर्षपछि यसरी शैक्षीक सामाग्री पाउँदा बालबालिका खुसी भएका थिए ।
शुक्रबारबाट बर्दियाको बाराबर्दिया, ठाकुरबाबा, राजापुर, मधुवन, गुलरिया नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकाहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर सामाग्री बितरण गर्न सुरु गरिएको छ ।
स्याक नेपालका प्रत्याभूत संचार कार्यक्रमका फिल्ड सुपरभाईजरहरु पुजा बक्छेल, आरती चौधरी, जयकृष्ण थारु, सागर बि.क, आशा भण्डारी, सुमिता थारु र अनिता चौधरीका साथै स्वंय सेवकहरुले बितरण गरिरहनुभएको छ ।
सामाग्री बितरणको ब्यवस्थापन परियोजनाका सिनियर कार्यक्रम संयोजक शर्माले गर्नुभएको छ भने सामाग्री बितरण गर्दा वडाअध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहने गरेको छ ।





