
बर्दिया । समान्य अबस्था वा कोबिड महामारी स् बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ ५७ औ राष्ट्रिय बाल दिवस २०७८ बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बाल दिवसको अवसरमा बाँके बर्दियाका प्रायजसो पालिकास्तरमा बिभिन्न प्रकारका कार्यक्रम गरिएका छ । कुनै पालिकामा प्रभातफेरी गरिएको छ, कुनै पालिकामा वक्तृत्वकला प्रतियोगिता, कुनैमा कविता प्रतियोगिता भने कुनैमा चित्रकला जस्ता प्रतियोगिताहरु गरिएका हुन ।
बाल दिवस मनाउने क्रममा प्लान इन्टरनेशन र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा बाँके बर्दिया जिल्लामा संचालित सिकार्य परियोजना अन्र्तगत बिभिन्न कृयाकलाप गरिएका छन् ।
परियोजना संचालन भएको बर्दियाको बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका तथा गेरुवा गाउँपालिका र बाँकेको खजुरा गाउँपालिकामा पालिकास्तरीय कार्यक्रम आयोजना गरिएका थिए ।
बारबर्दियामा वक्तृत्वकला, हाजिरिजवाफ, ठाकुरवावामा वक्तृत्वकला, मधुवनमा वक्तृत्वकला, गेरुवामा वक्तृत्वकला र खजुरामा चित्रकला तथा निबन्ध प्रतियोगीता गरि बाल दिवस मनाइएको छ ।
बिसं २०४६ सालको प्रजातन्त्रको पुर्न स्थापनापछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बाल दिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो ।
जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रूपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बाल दिवस मनाइएको छ । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बाल दिवस गरेको पाइन्छ ।
२०६३ साल अघी सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि १०८९ २० नोवेम्बरलाई सन् १९९० १४ सेप्टेम्बर २९ भाद्र मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो ।
२९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बाल दिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ । यद्यापि २९ भाद्रमा राष्ट्रिय बाल दिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ । यस्ता दिवसहरूलाई वास्तविक रूपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन कुरा सबै कार्यक्रमका सहभागीहरुको जोड रहेको थियो ।
बाल दिबस कार्यक्रम शिक्षा तथा खेलकुद शाखा, महिला बालबालिका शाखाको आयोजनामा संचालन गरिएको र उक्त कार्यक्रममा नगरपापलिका गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, बिषयगत शाखाका कर्मचारी, बिधार्थीहरुको सहभागीता रहेको थियो ।
यस्तै परियोजना संचालित बाँकेको खजुरा, बर्दियाको मधुवन, बारबर्दिया, ठाकुरबाबा, गेरुवामा स्याक नेपाल बाँकेको प्रत्यक्ष सहभागीता तथा सहयोगमा कार्यक्रम गरिएको जनाइएको छ ।
यस्तै खजुरा गाउँपालिकामा युवा महिलाहरुका लागि बिधालय तहमा महिनावारी ब्यबस्थापन सम्बन्धी अभिभुखिकरण र बारबर्दियामा पालिका स्तरमा कार्यक्रमको समिक्षा बैठक समेत सम्पन्न भएको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
यसैगरी बाल दिवसकै अवसरमा बाँकेको बैजनाथ गाउँपालिकामा पालिकास्तरमा वक्तृतकला प्रतियोगिता, कोहलपुरमा कविता प्रतियोगिता तथा मेयर उपमेयरबीच बालबालिकाको सवालमा अन्तरसंवाद कार्यक्रम गरिएको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा कोहललपुरका महिला बिकास निरिक्षक घट्ना शाहले जानकारी दिनुभयो ।





