पत्रकार महासंघ लुम्बिनीका सदस्य चौहानको निधन

रासस
बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ।

निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघले जनाएको छ ।

चौहान नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य हुनुहुन्थ्यो । दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका चौहान बुद्ध टेलिभिजन, बुटवल टुडे दैनिक र एबीसी टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, चार छोरा र तीन छोरी छन् । चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ ।

Previous article१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु
Next articleटिकटक बनाउने क्रममा नदीमा खसेर युवती बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here