टिकटक बनाउने क्रममा नदीमा खसेर युवती बेपत्ता

प्रतिकात्मक तस्बिर

रासस
तनहुँ – टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज मङ्गलवार तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् ।

शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले बताएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

Previous articleपत्रकार महासंघ लुम्बिनीका सदस्य चौहानको निधन
Next articleहुम्लामा गौरा पर्व मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here