
बर्दिया । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले नगरपालीका स्तरमा यसको नितिगत ब्यबस्थाका लागि नितिनिर्माता कार्यपालीका सदस्य, जनप्रतिनिधि तथा शिक्षा तथा खेलकुद शाखाका कर्मचारिहरुको लागी तालिम शुरु गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारीमा सिकाई परियोजना संचालित पालिकाहरुका शिक्षा शाखाका कर्मचारी एवम कार्यपालिका सदस्य र जनप्रतिनिधिहरुकाको तालिममा सहभागिता रहेको छ ।
तालिममा बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाका करिव १८ जनाको सहभागितामा गुलरिया बर्दियामा तालिम शुरु गरिएको हो ।
तालिममा विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठामा लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्धि भई पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा लैगिंक मैत्री बनाउनका लागि यस तालिमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
तालिम स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले संचालन गर्नुभएको र सम्पुर्ण तालिम सहभागिहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताउनु भयो ।
तालिमको उद्घाटन सत्रका सहभागिहरुलाई स्वागत गदै संस्थाका सदस्य कैलाश श्रोष्ठले संस्थाले बिगतदेखि बर्दिया जिल्लाको बिभिन्न पालिकाहरुमा रहेका सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गरिरहेको र यस तालिममले पुन बिधालय तहमा लैगिंक मैत्री शिक्षण कृयाकलाप संचालन गर्न र पालिका स्तरको लैगिंक नितिनिर्माण गरि कार्यान्वय हुने अपेक्षा गरिएको बताउँदै सस्थाको तर्फदेखि स्वागत मन्तब्य राख्नु भएको थियो ।
३० गते बुधवारबाट शुरु गरिएको तालिम ३१ गते बिहीवारसम्म २ दिन संचालन हुने र तालिमलाई सुर्य न्यौपानेले सहजिकरण गर्नुहुने छ । तालिममा कोरोना संक्रमणको जोखिम कम गर्न सामाजिक दुरी कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ ।





