कोहलपुरमा पनि औपचारिक रुपमै बिद्यालय संचालन गरिँदै

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले पनि शुक्रबार असोज १ गतेबाट शैक्षिक संस्था संचालनका लागि अनुमति दिएको छ ।

कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अनन्त कुमार पौड्यलद्धारा बिहीबार जारी भएको सूचना अनुसार असोज १ गतेबाट नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था संचालन गर्न अनुमति दिएको छ ।

जारी गरिएको सूचनामा सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरु कोभिड १९ को संक्रमणको कारण प्रत्यक्ष उपस्थित भई भौतिक रुपमा किक्षा संचालन कार्य रोकिएकोमा कोहलपुर नगरपालिकाबाट अनुमोदन भएको कोभिड १९ संक्रमणको जोखिरहित वातावरणमा भौतिक कक्षा संचालन कार्यबिधि २०७८ अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गरि यही असोज १ गतेदेखि बिद्यालयमा पठन पाठन संचालन गर्नु गराउनु अनुरोध गरिएको उल्लेख छ ।

बाँकेमा यसअघि खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले बिद्यालय संचालन भइसकेका छन् ।

Previous articleबर्दिया निकुञ्जमा शुक्रबारदेखि पर्यटकलाई प्रवेश अनुमति दिइने
Next articleनीति निर्माताका लागि संचालित दुई दिने तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here