
गुलरिया । नीति निर्माताहरुका लागि बर्दियाको गुलरियामा संचालन गरिएको दुई दिने क्षमता बिकास तालिम शुक्रबार सकिएको छ ।
विद्यालयमा लैंङ्गिक समानता प्रवर्दन गर्न तथा लैंङ्गिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले प्लान इन्टरनेशन नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) द्धारा संचालन गरिएको दुई दिने तालिम शुक्रबार सकिएको हो ।
स्याक नेपाल बाँकेद्धारा बाँके बर्दिया जिल्लामा संचालित सिकाई परियोजना संचालित पालिका स्तरमा यसको नीतिगत व्यवस्थाका लागि नीति निर्माताहरु कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारीहरुको तालिममा रहेको रहेको थियो ।
बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाका बिभिन्न बिषयगत शाखाका १८ जनाको सहभागितामा तालिम संचालन गरिएको थियो ।
विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षा कोठामा लैंङ्गिक संवेदनशील शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान, सिपमा अभिवृद्घि भई पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा लैङ्गिंक मैत्री बनाउन यस तालिमले सहयोग आयोजकको अपेक्षा छ ।
तालिमलाई सुर्य न्यौपानेले सहजिकरण गर्नुभएको थियो । यस्तै कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सामाजिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने र पटक–पटक साबुन पानीले हात धुने व्यवस्था मिलाएको स्याक नेपालका सिकाई परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।





