स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम शुरू

बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिका ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालीका, गुलरिया नगरपालीका, मधुवन नगरपालीका र गेरुवा गाउँपालिीका परियोजना संचालन भएका नगरपालीका शिक्षा शाखा प्रमुख एवम शिक्षा सतितीका पदाधिकारीहरुका लागी स्टिम एजुकेशन सम्बन्धी क्षमता बिकास तालिम शुरु गरिएको छ ।

विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले आइतवार देखि ठाकुद्धारामा तीन दिने स्टीम एजुकेशन तालिम शुरु गरिएको छ । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितीका पदाधिकारीहरुका लागी लागि स्टिम सम्बन्धी शिक्षण तालिम संचालन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा राजापुर नगरपालिका ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालीका, गुलरिया नगरपालीका, मधुवन नगरपालीका र गेरुवा गाउँपालिीका समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन नगरपालीकाका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितीका पदाधिकारीहरुको तालिममा सहभागि गराइएको थियो ।

शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने अपेक्षा गरिएको छ ।

तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ । तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नूहुनेछ ।

तालिम उद्धाटन सत्रमा स्याक नेपाल बाँकेका कार्यसमिती सदस्य कैलाश श्रेष्ठको आतिथ्यम संचालन गरिएको कार्यक्रम फिल्ड सुपरभाइजर दशलाल चौधरीले स्वागत तथा कार्यक्रम संचालन गर्नुभएको थियो भने तालिममा १८ जनाको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleसंविधान दिवसका अवसरमा ८ जनालाई माफी, ५२३ जनाको कैद मिनाहा
Next articleपालिकाका शिक्षा सम्बन्ध व्यक्तिहरुलाई तीन दिने स्टीम एजुकेशन तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here