पालिकाका शिक्षा सम्बन्ध व्यक्तिहरुलाई तीन दिने स्टीम एजुकेशन तालिम

बर्दिया । बर्दियाका बिभिन्न पालिकाहरुका शिक्षा सम्बन्धका लागि संचालन गरिएको तीन दिने स्टीम एजुकशेन तालिम सकिएको छ ।

बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षा सम्बन्धहरुको सहभागितामा मंगलबार तालिमको समापन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेद्धारा स्थानीय निकायको सहकार्यमा बर्दियाका बिभिन्न पालिकाहरुमा संचालित शिकाई परियोजना अन्तर्गत नगरपालिकाका शिक्षा शाखा प्रमुख, शिक्षा समितिका पदाधिकारीहरुको लागि उक्त तालिम आयोजना गरिएको थियो ।

विद्यालयतहको शिक्षालाई गुणस्तरिय बनाउने उद्देश्यले आइतवार देखि बदिृयाको ठाकुद्धारामा तीन दिने स्टीम एजुकेशन तालिम शुरु गरिएको थियो ।

विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितीका पदाधिकारीहरुका लागि लागि स्टिम सम्बन्धी शिक्षण तालिम संचालन गरिएको हो ।

शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षा कोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्धि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ ।

तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।तालिममा १८ जनाको सहभागीता रहेको थियो ।

Previous articleस्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम शुरू
Next articleआणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here