
नेपालगञ्ज । आणविक अस्त्र रहित, विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको मागसहित मंगलवार नेपालगञ्जमा प्रदर्शन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज बाँके शाखा नेपालगन्जले त्रिभुवन चोकदेखि पदयात्रा गर्दै जिल्ला प्रशासन पुगि प्रदर्शन गरेको छ।
शाखाको सल्लाहकार बिष्णुलाल कुम्हालका अनुसार हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको बताउनुभयो ।
यसै क्रममा निवर्तमान अध्यक्ष कृष्णा देवी पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको बताउनुभयो ।
शाखाका अध्यक्ष प्रभाकर भट्टराईको अनुसार नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो । यस बर्षको ३४औं अन्तर्राष्ट्रिय शान्ति दिवस ूशान्तिका लागि सहकार्य–सवैका लागि सम्मानू भन्ने नाराका साथ मनाईदैछ ।
यसैगरी अध्यक्ष भट्टराईका अनुसार आणविक अस्त्र रहित,विश्वकालागी आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित मंगलवार मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले प्रदर्शनको आयोजना गरेको बताउनुभयो ।
बोल्ने क्रममा शाखाका कोषाध्यक्ष जहिरुल हक ूूजीनूूू विश्व शान्तिको उदेश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ बताएका छन भने आजको प्रदर्शन कार्यक्रमलाई संचालन शाखाका सचिव देवेन्द्र नाथ शुक्लले गर्नुभएको थियो ।





