सेवाग्राहीको आक्रोस : वडाअध्यक्ष नभएको भन्दै वडा कार्यालयमा आगजनी

सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिनुभयो । बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उहाँले बताउनुभयो ।

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । उता प्रहरीले लामिछानेको खोजीकार्य भइ रहेको जनाएको छ । घटननाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिनुभयो ।

नगरप्रमुख देवकुमार सुवेदीले लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गर्नुभएको छ ।

Previous articleसुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते
Next articleअनावियाको न्यायका लागि नागरिक आन्दोलन शुरु हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here