चर्चित गायीका इन्दिरा जोशीले गरिन इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायीका इन्दिरा जोशीले इन्गेजमेन्ट गर्नुभएको छ । फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर उहाँले इन्गेजमेन्ट गर्नुभएको हो ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रन वेमा भाग लिन पुगेका इन्दिरा र शरदले इन्गेजमेन्ट गर्नुभएको हो ।

शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ । शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिनुभएको छ भने इन्दिराले खुशी हुँदै स्वीकार्नुभएको छ ।

इन्दिराले फेसबुकमा लेख्नुभएको छ । ‘उनले सोधे के तिमी विवाह गर्छौं, अनि मैले भने एस, म तिमीलाई माया गर्छु शरद ।’ दुबै जना केही समययता ‘डेट’ गर्दै आएको भनिएपनि इन्दिराले प्रेम प्रस्ताव स्वीकार नगरेर विवाह स्वीकार गरेको बताउनुभएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments