
बर्दिया । कर्मचारीहरुका लागि आयोजना गरिएको क्षमता बिकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँके र गेरुवा ग्रामिण जागरण संघ बर्दियाको साझेदारीमा बर्दियाको ठाकुरद्धारामा संचालन भएको दई दिने क्षमता बिकास तालिम शुक्रबार सकिएको ।
तालिममा स्याक नेपाल बाँकेका ७ जना तथा गेरुवा ग्रामिण जागरण संघ बर्दियाका ४ जना गरि ११ जना परियोजना कर्मचारीको सहभागीता रहेको थियो ।
तालिममार्फत कार्यक्रम कार्यान्वयन निर्देशिकाको ड्राफ्ट समेत निर्माण गरिएको छ। उक्त ड्राफ्टलार्य आगामी साताभित्र कार्यान्वयनमा ल्याउने योजना तय गरिएको जनाइएको छ ।
क्षमता बिकास तालिमको उदेश्य तथा यसको प्रक्रियाका बारेमा प्लान नेपाल क्षेत्रिय कार्यालयका शिकाई बिज्ञ बेद प्रसाद डांगीले जानकारी गराउनुभएको थियो । साथै तालिमलाई डांगीले नै सहजीकरण गर्नुभएको थियो ।
तयार गरिएको ड्राफ्टलाई शिकाई परियोजना तर्फबाट सिकाई परियोजना अधिकृत लक्ष्मि प्रसाद शर्मा र गेरुवाको तर्फबाट कार्यक्रम संयोजक सुमित्रा पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
तालिममा परियोजनामा भएका राम्रा अभ्यास तथा यसको कार्यान्वय र प्रभावकारीताका लागी छलफल गरिएको समेत गरिएको छ ।





