भन्सार छली ल्याउँदै गरेको सामान बरामद

नेपालगञज । प्रहरीले डेढ लाख रुपैया बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार राती ८ बजेको समयमा भन्सार छलि गरेर ल्याइएको करिब एक लाख ४६ हजार बराबरको बिभिन्न सामानहरु बरामद गरिएको हो ।

नेपालगंज उपमहानगरपालिका वडा नं १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता, कपडा, बल्ब, हार्डवेयरको सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।

Previous articleमिथिलाञ्चल क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरू
Next articleस्वास्थ्यमाथि खेलवाड गर्दै डुडुवास्थित मदिरा उद्योग, व्यवस्थापनका लागि पहल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here