गाउँ घरमा आँखाको समस्या बढ्दै, एकै दिन १०४ जना मोतिबिन्दुका बिरामी फेला

बारबर्दिया । बृहत निःशुल्क आँखा शिविरको दोश्रो चरणको कार्यक्रम अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकास्थित बनियाभार स्वास्थ्य चौकी र वडा नं १ को वडा कार्यालय जमुनियामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सोमबार आयोजना गरिएको निःशुल्क आँखा शिबिरका क्रममा बनियाभार स्वास्थ्य चौकीमा १८४ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

यस्तै ६५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

यसैगरी वडा नं १ को वडा कार्यालय जमुनियामा १५१ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको र ३९ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको हो ।

निःशुल्क आँखा जांच शिविर फत्तेबाल आँखा अस्पताल र Partners For Equity DAK Foundation को संयुक्त सहकार्यमा बर्दिया जिल्लामा सञ्चालन भई रहेको छ ।

विश्वव्यापी कोविड १९ संक्रमणको जोखिमको कारणले विगत २ वर्ष देखि सामुदायिक कार्यक्रम स्थगित रहेकोमा समुदायमा आँखाको समस्या बढी देखिन थालेपछि सम्बन्धित स्थानीय निकाय र स्वास्थ्य केन्द्रको समन्वयमा फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा, नेपालगन्जले बृहत आँखा शिविर कार्यक्रमको तर्जुमा गरी सञ्चालन अस्पतालका प्रबन्धक डा कौशल कुमार बर्माले जानकारी दिनुभयो ।

Previous articleस्वास्थ्यमाथि खेलवाड गर्दै डुडुवास्थित मदिरा उद्योग, व्यवस्थापनका लागि पहल
Next articleट्रकको ठक्करबाट आमा छोराको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here