
नेपालगन्ज । बाँकेमा आज मंगलबारदेखि भेरोसेलको पहिलो मात्रा खोप लगाइँदैछ ।
४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भेरोसेल खोप लगाइनेछ । विद्यार्थीको हकमाभने परिचयपत्र अनिवार्य गरिएको छ ।
यस्तै यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने छन् । दोस्रो खोपको मात्रा लगाउन भने पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य साथमै लैजान भनिएको छ ।
असोज १२, १३ र १४ गतेसम्म खोप लगाइनेछ । नेपालगञ्ज उपमहानगरपालिका सबै स्वास्थ्य संस्थाहरुमा पनि पूर्ण रुपमा तयारी गरिएको उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।





