जमुनाहाबाट एकै पटक १७ प्रहरी जिल्ला तानिए

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाबाट डेढ दर्जन प्रहरीहरु एकै पटक जिल्ला तानेको छ ।

बुधबार बिहानै सादा पोशाकमा नाकाको अनुगमनमा पुगेका बाँकेका प्रहरी प्रहरी र प्रवक्ताले गलत कार्य गरिरहेको शंका लागेपछि एकै पटक १७ जना प्रहरीलाई जमुनाहाबाट जिल्ला तानिएको हो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपाने मुख छोपेर सादा पोशाकमा नाकाको अनुगमनमा पुग्नुभएको थियो ।

त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुले दसै तिहार मान्न घर फर्किने नेपालीबाट रकम असुल्ने गरेको गुनासो बढेको थियो ।

Previous articleभाटभटेनी सुपर मार्केटले जनताकाे स्वास्थ्यसंग खेलवाड गर्दै
Next articleमृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँच जनाविरूद्ध मुद्दा दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here