एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ ।

शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको जनाउनुभएको छ ।

कोईरालाले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने बताउनुभयो ।

यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाएको थियो । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरेको थियो ।

Previous articleमृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँच जनाविरूद्ध मुद्दा दर्ता
Next articleकरिब दुई लाख रुपैयाको भन्सार छलिको सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here