करिब दुई लाख रुपैयाको भन्सार छलिको सामान बरामद

नेपालगञ्ज । बाँके प्रहरीले भन्सा छलि ल्याएको दुई लाख बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कायाृलय बाँकेका अनुसार बुधबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० बाट भन्सार छली ल्याएको लत्ता कपडा, बिद्युतीय सामान र घन्टी लगायतका विभिन्न सामानहरू नियन्त्रणमा लिएको हो ।

अन्दाजी १ लाख ८३ हजार ८ सय रुपैया बराबरको रहेको उक्त सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

Previous articleएक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का
Next articleअति विपन्न ५५ परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here