नेपालगञ्जमा वडाबाटै राजश्व संकलनको तयारी

नेपालगञ्ज । नेपालगञ्ज उप-महानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ । शुक्रबार जिआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको सूचना प्रविधी तथा विद्युतीय साक्षरता सम्बन्धि अभिमुखिकरणको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाको कार्यालयबाट मात्रै भईरहेका केही राजश्व संकलनको कार्य केही समयभित्रै वडा कार्यालयबाट हुने जानकारी दिनुभयो ।

उपमहानगरपालिका सूचना प्रविधी मैत्री बन्ने प्रयास गरिरहेको छ , उपप्रमुख मगरले भन्नुभयो,– कर्मचारी र जन प्रतिनिधीसँगै सेवाग्राही पनि सूचना प्रविधि मैत्री हुन जरुरी छ । सूचना प्रविधीको प्रयोगसँगै तथ्यांकको सुरक्षामा पनि विशेशष ध्यान दिनुपर्ने उहाँको भनाई छ । नेपालगञ्ज उपमहानगरपालिकाका सूचना प्रविधी अधिकृत घनश्याम वर्माले वडा तहबाट राजश्व संकलनको काम गर्नका लागि इन्टरनेटसँगै इन्ट्रानेट जडान भईसकेको बताउनुभयो ।

जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले अहिलेको समय सूचना प्रविधीको रहेको भन्दै प्रभावकारी कार्य सम्पादनका लागि सूचना प्रविधी अत्यावश्यक रहेको बताउनुभयो । जिआईजेडका निराजन सुवेदीले सेवा प्रवाहमा सूचना प्रविधीको प्रयोगले सहजता ल्याउने बताउनुभयो ।

Previous articleनेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु, भदौ र असोजका नमुनामा डेल्टा भेरियन्ट
Next articleभाटभटेनी नेपालगञ्जकोे अर्को बदमासी सार्वजनिक, दुई लाख जरिवाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here