भाटभटेनी नेपालगञ्जकोे अर्को बदमासी सार्वजनिक, दुई लाख जरिवाना

file photo

नेपालगञ्ज । बाँकेमा रहेको भाटभटेनी सुपरमार्केटले चर्को मुल्यमा सामान बेचेको खुलसा भएको छ । योसंगै दोस्रो पटक सुपरमार्केटमा बदमासी भएको तथ्य सार्वजनिक भएको हो ।

संयुक्त बजार अनुगमन टोली बाँकेले नेपालगंजको कारकाँदोमा रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर लाई दुइ लाख रुपैयाँ जरिवाना गरेको छ ।

“डग फुड्स” बढी मुल्यमा बिक्रि वितरण गरेको पाइएकोले सो जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो । केही दिन अघि पनि म्याद नाघेको बस्तुबाट तयार गरिएको खाद्य बस्तु बिक्री गरेको फेला परेको थियो ।

यसका साथै टोलीले बिहिबार खजुरा बजारमा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुइ वटा व्यापारिक फर्मलाई सत्तरी हजार रुपैयाँ जरिवाना गरेको छ ।

साथै लेवल नलगाइएका करिब चार सय बोरा चामल बिक्री वितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार मुल्य बराबरको खाद्य सामग्री समेत नष्ट गरिएको छ ।

अनुगमनका कर्ममा पसलहरुमा मुल्य सुची नियमित रुपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेवल नभएका सामग्री खरिद बिक्रि नगर्न एवं बिल बिजक राख्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख पौड्याल, कार्यालयका सुचना अधिकारी चौलागाई, जिल्ला प्रशासन कर्यालयका महेश्वर पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, नेपालगंज उपमहानगरपालिकाका प्रविण राना, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय सदस्य वसन्त गौतम लगायतको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जमा वडाबाटै राजश्व संकलनको तयारी
Next articleफरक पार्टीका कारण सिफारिसबाट बञ्चित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here