लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोड बढिको नयाँ बजेट (पूर्णपाठसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएको छ ।

सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत बजेटमा चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ।

प्रतिशतका आधारमा कुल बजेटको ३३ दशमलव ३१ प्रतिशत चालु खर्चतर्फ र ५४ दशमलव ८७ प्रतिशत पुँजीगत खर्चतर्फ रहेको छ ।

त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको मन्त्री खड्काले बताउनुभयो ।

बजेट प्रस्तुत गर्दा प्रतिपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य भने उपस्थित थिएनन् ।

पूर्णपाठसहित

https://drive.google.com/file/d/1ueWzTdSwgTQEXe9RE75–fyvZtykXg0B/view

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments