कुखुरा बोक्ने गाडीको ठक्करबाट अढाई वर्षीय शुसनको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा आइतबार बिहान गाडीले ठक्कर दिँदा एक अढाई वर्षीय बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ को कन्ठीपुरस्थित कालिका मन्दिर अगाडी कुखुरा बोक्ने भे १ च २७३० नम्बरको गाडीले आइतबार बिहान ठक्कर दिँदा अढाई वर्षीय शुसन सुनारको मृत्यु भएको हो ।

मन्दिर सफा गर्न आमा सुनिता सुनारसंगै गएका बालकले बाटोमा खेल्दै गर्दा आएको गाडीले ७ बजे ठक्कर दिएको स्थानीयले निशान केसीले जानकारी दिनुभयो ।

स्थानीयले बालकको घट्नास्थलमै मृत्यु भएको बताएपनि प्रहरीले उपचारका क्रममा मृत्यु भएको बताएको छ ।

घाइते बालकलाई भेरी अस्पताल लगिएको र उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्त मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

बालकलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Previous articleभारतबाट ७ महिनापछि १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो
Next articleआज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here