
नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शब बुझ्न मानेका छैनन् । कैलाली, गौरीगंगा ९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा (छोरा) निकालिएको थियो ।
शल्यक्रिया पश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन् । सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास् भएको र चिकित्सकको लापरबाहीकै कारण मृत्यु हुन पुगेको भन्दै शव नबुझ्ने मृतकका जेठाजु रमेशबहादुर धामीले बताउनुभयो ।
असोज २८ गते बिहान ३ बजेतिर शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। डाक्टरसँगको सल्लाह, परामर्श अनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो ।
‘शल्यक्रिया गरेर जुम्ल्याहा छोरा जन्मियो, बेलुका ६ बजेतिर बुहारीलाई नर्मल वार्डमा ल्याएर सारियो,’ जेठाजु रमेशले भन्नुभयो ‘त्यसपछि बेलुका ७ बजेतिर बुहारी एक्कासी बेहोस् भइन्, हामी अत्तालियौं, डाक्टरलाई खोज्यौं, बल्लतल्ल राती १० बजे मात्र नर्सले आईसियुमा राखे ।’
रमेशका अनुसार अप्रेशन पश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन् । आफुहरुले अस्पताल डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र हेलिकप्टरबाट भएपनि कमलालाई काठमाडौंको अस्पतालमा लैजान तयार रहेको बताउँदा पनि बेवास्ता गरेको उहाँको आरोप छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफुले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरिरहेको बताउनुभयो । दुरसंचारबाट





