
एजेन्सी । भारतको जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच गएको सोमबारदेखि भिडन्त हुँदै आएको छ ।
एक हप्तामा भिडन्तमा परेर कम्तीमा २२ जनाको ज्यान गएको छ ।
भारतीय सेनाका ९ जना मारिएका बीबीसी हिन्दीले जनाएको छ । आतंकवादी समूहका १३ जना मारिएको भारतीय सेनाको दाबी छ ।
गएको सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध सेनाले अपरेशन सुरु गरेको थियो ।
अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको जंगलमा भिडन्त भैरहेको खबरमा उल्लेख छ ।





