६५ सिसि कोरेक्ससहित दुई पक्राउ

बाँके । जिल्लामा ६५ सिसि कोरेक्सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको गस्ती टोलीले उनीहरुलाई डुडुवा गाउँपालिका वडा न–१ स्थित पाझा भन्ने स्थानबाट कोरेक्स बोतलसहित पक्राउ गरेको हो ।

भारतबाट सामान ल्याइरहेको सूचनाका आधारमा उनीहरुलाई रोकेर सोधीखोजी गर्दा कोरेक्ससहित डुडुवा १ का २७ वर्षीय राजकुमार यादव र ३० आशिष अहिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु मंगलबार राती पौने एक बजे पक्राउ परेका हुन ।

Previous articleनमूना वडाअध्यक्ष, जसले ६० स्थानमा लगाए खानेपानी धारा
Next articleकोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओ दावी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here