बर्दियाकाे राजापुरमा नि:शुल्क आँखा शिविर संचालन

राजापुर । बृहत नि:शुल्क आँखा शिविरको तेश्रो चरणको कार्यक्रम अन्तर्गत बुद्वबार बर्दियाकाे राजापुर नगरपालिकाको स्वास्थ्य चौकी धोविनपुर र भिम्मापुरमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी धोविनपुरमा ८१ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ र २३ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

यसैगरी स्वास्थ्य चौकी भिम्मापुरमा १२१ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको र १३ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

अर्को नि:शुल्क शिविर यहि कार्तिक ११ गते राजापुरकै स्वास्थ्य चौकी राजापुर र खैरी चन्दनपुरमा सञ्चालन हुँदैछ । सेवा लिन हुन अनुरोध छ ।

निःशुल्क आँखा जांच शिविर फत्तेबाल आँखा अस्पताल र Partners For Equity DAK Foundation को संयुक्त सहकार्यमा बर्दिया जिल्लामा सञ्चालन भई रहेको छ ।

विश्वव्यापी कोविड १९ संक्रमणको जोखिमको कारणले विगत २ वर्ष देखि सामुदायिक कार्यक्रम स्थगित रहेकोमा समुदायमा आँखाको समस्या बढी देखिन थाले पछि सम्बन्धित स्थानीय निकाय र स्वास्थ्य केन्द्रको समन्वयमा फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा, नेपालगन्जले बृहत आँखा शिविर कार्यक्रमको तर्जुमा गरी सञ्चालन गरेको हो ।

Previous articleविद्युतीय कारोवार ऐनको दुरुपयोग रोक्न अनलाइन टीभी पत्रकार संघको माग
Next article‘रेडियोका सूचना र कार्यक्रमबाट जनप्रतिनिधीलाई काम गर्न थप सहज’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here