ईन्टरनेटको सही सदुपयोग गर्नुपर्ने नेपालगन्जका किशोरीहरुको जाेड

नेपालगंज । ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने नेपालगन्जको किशोरीहरुको जोड रहेको छ ।

प्लान इन्टरनेशल नेपालको सहयोगमा स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका प्रविधिको सुरक्षित प्रयोग तथा साईबर कानुन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।

तालिममा नेपालगंज उपमहानगरपालिकाका २० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक तथा पत्रकार सोम गुरुङले कम्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुनको बारे पनि प्रशिक्षण दिनुभएकाे थियाे ।

सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिनुभयाे । साथै स्याक नेपालका सुपरभाईजर अक्लिम खानले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराउनुभएकाे थियोे ।

नेपालगंज वडा नं.२१ का सहभागी किशोरी सरिता बिकले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताउनुभयाे ।

त्यसैगरि अर्का सहभागी सुस्मिता गिरीले सामाजिक सन्जालका फाईदा र बेफाईदा बारे जानकारी पाएको सार्थ सामाजिक सन्जाललाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयाे ।

समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।

Previous articleराप्तीसोनारीका २५ कृषकलाई ५० वटा बाख्रा वितरण
Next articleमाहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here