माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन

नेपालगन्ज । पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह–सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी रहनुभएको छ ।माहुरी होमको अध्यक्षमा दिनेश ठाकुरयसैगरी सदस्यहरुमा शुक्रऋषि चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ ।

मधेश मानव अधिकार गृह (माहुरी होम) आसन्न केन्द्रीय अधिबेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय बैठकले गरेको छ ।

Previous articleईन्टरनेटको सही सदुपयोग गर्नुपर्ने नेपालगन्जका किशोरीहरुको जाेड
Next articleचितुवाको छाला र हाडसहित काेहलपुरबाट ३ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here